काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जनाएको छ ।
मन्त्रालयले पीसीआर किट, एक्स्ट्राक्सन किट, भाइरल ट्रान्सपोर्ट मिडिया (भिटीएम), एन्टीजेन किट, मास्क, गाउन र सर्जिकल पन्जाहरू, अक्सिजन प्रणाली सुदृढीकरण, आईसीयु, तथा अन्य औषधि उपकरणको व्यवस्थापनमा उक्त रकम खर्च गरेको जनाइएको छ ।
यस्तै, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायत कोभिड-१९ रोकथाम तथा नियन्त्रणका गतिविधिमा पनि उक्त रकम खर्चिएको मन्त्रालयको भनाइ छ ।