भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
  • CIA Khabar

  • एजेन्सी । भारतमा भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण दखिएको छ ।

    भारतमा हालसम्म २ करोड ६७ लाख ५२ हजार ४४७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार ०९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images