कांग्रेस पूर्व पार्टी सभापति न्यौपानेको निधन
  • CIA Khabar

  • नेपाली काँग्रेस दोलखाको पूर्व पार्टी सभापति देवीप्रसाद न्यौपानेको निधन भएको छ ।

    आफ्नो घर छेउको रुख काट्ने क्रममा रुखले किचेर निधन भएको नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामाले जानकारी दिए ।

    उनको ७१ वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको मृत्युले नेपाली काँग्रेसमा प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

    न्यौपानेको मृत्युले गर्दा दोलखा काँग्रेसले एक अभिभावक गुमाएको पार्टी सभापति रुद्र बहादुर खड्काले बताए ।

  • ९ बैशाख २०७८, बिहीबार १९:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images