रामपुरमा जोरबिजोर प्रणाली, मास्क नलगाउनेलाई १०० जरिवाना
  • CIA Khabar

  • पाल्पा कोभिड–१९ को संक्रमण देशभर बढ्दै जादा पाल्पाको रामपुर नगरपालिकाले आगामी  शनिबार राती १२ बजे देखि नगर भित्रका यातायातमा जोर विजोर प्रणाली लागु गर्ने भएको छ। शुक्रबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले रामपुर क्षेत्रमा कोरोनाको नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो । तत्कालका लागि यस क्षेत्रमा चल्ने अत्यावश्यक खाद्य बाहेक सार्वजनिक तथा निजि सवारीसाधनहरु बैशाख ११ गते राती १२ बजेदेखि जोरबिजोर प्रणालीमा चल्नेछ।

    त्यसैगरी अनिवार्य माक्सको प्रयोग गर्न गराउन अनुरोध गर्ने साथै पाल्पा जिल्लाभर निर्देशन गरेको माक्स प्रयोगलाई अनिवार्य बनाउन बैशाख १२ गतेदेखि मास्क नलगाउनेलाई १०० रुपया जरिवाना गर्ने निर्णय गरेको छ कोरोनाको दोस्रो चरणको भयाभह रुपमा बढ्दै जादा स्वास्थ्य सुरक्षा अपनाएर नगरमा बैशाख १२  देखि चल्ने विद्यालयको बार्षिक परिक्षा सकेर बन्द गर्ने, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापडण्द पालना गराउने, कुनैपनि जुलुस सभा समारोह बैठकमा सामुहिक भेला हुन नपाउने, मठ मन्दिर मस्जितमा नित्यपुजा मात्र चलाउने,
    नगर प्रबेशमा हेल्थ डेक्सको व्यबस्था गर्ने, प्रहरीको समन्वयमा नगरपालिका प्रबेश गर्ने सबैको तथ्यांक राख्ने, हरेक स्वास्थ्य सस्थामा कम्तीमा ५ बेडको बेड तयार गर्ने, क्वारेन्टाइनमा घरमा बसेका समस्या देखिएकालाई अस्पताल पुर्याउने, जुनसुकै कार्यक्रममा २५ जना भन्दा बढी जम्माहुन नपाउने,
    बिदेशबाट आउनेहरु कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सवारीसाधनमा अनिवार्य माक्स, सेनिटाइजर राख्ने लगायतका विभिन्न १८ बुदे निर्णय गरेको नगरपालिकाका प्रबक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
     सर्वदलीय बैठकमा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत,  राजनैतिक दल, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, प्रहरी प्रशासन, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीको सहभागीता रहेको थियो।

  • ११ बैशाख २०७८, शनिबार १८:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images