रंगकर्मी प्रदिप र मोडल रियाशाको थारु गीत ‘तुहि हो तुहि’ सार्वजनिक
  • CIA Khabar

  • थारु भाषाको ‘तुहि हो तुहि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बिहीबार सार्वजनिक गरिएको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।

    गीतको भिडियोमा उत्सव दाहालको क्यामेरा, चन्द्र चौधरीको मिक्सिङ र मिलन बिश्वकर्माको सम्पादन तथा कलर रहेको छ। गीतमा रंगकर्मी प्रदिप कुमार चौधरी र रियाशा दाहालको अभिनय देख्न सकिन्छ। देवदत्त क्रियशनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छाँयाकन गरिएको हो ।

    https://youtu.be/wwdlUCFt4R8

  • १० बैशाख २०७८, शुक्रबार ०९:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images