छाेराकाे मृत्यु भएको १२ औ दिनमा सासुले लगाई दिईन् बुहारीलाई रातो दोसल्ला र रातो सारि
  • CIA Khabar

  • गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ चारपालामा श्रीमानको मृत्यु भएको १२ औ दिनमा सासु बालकुमारी खत्रीले बुहारी बिष्णु खत्रीलाइ रातो दोसल्ला र रातो सारि लगाइदिनुभएको छ ।

    मोटरसाइकल दुर्घटनामा परी यहि चैत २७ गते ठुलोपोखरा माध्यमिक बिध्यालयका प्रधानाध्यापक समेत रहेका राम बहादुर खत्रीको ४५ बर्षको अल्पआयु मै मृत्यु भएको थियो ।

    कार्यक्रमको सभापतित्व ठुलोपोखरा महिला बिकास बहुउद्देश्यिय सहकारी सस्थाकी उपाध्यक्ष छमकला सुर्यवम्शि रहेको कार्यक्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउपालिका उपाध्यक्ष मिना भण्डारीले महिला अधिकारको लागि यो सस्थाले उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो ।

    कार्यक्रममा शिक्षा शाखा प्रमुख सुन्दर चालिसे विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक,समाजसेवी,महिलाअधिकारकर्मी, जनप्रतिनिधिलगायत उपस्थित थिए ।

  • १० बैशाख २०७८, शुक्रबार १०:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images