सिरी ‘ए’ फुटबलमा नापोलीको जित
  • CIA Khabar

  • काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले लाजियोविरूद्ध फराकिलो जित निकालेको छ ।

    बिहीबार राति भएको खेलमा नापोलीले लाजियोलाई ५-२ को फराकिलो अन्तरले हराएको हो ।

    नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले दुई गोल गरे । यस्तै माटियो पोलीटानो, ड्रिएस मेर्टेन्स र भिक्टर ओसीम्हेनले एक एक एक गोल गरे।

    लाजियोका सिरो इम्मोबाइल र सेर्जिज साभिकले एक एक गोल फर्काए ।

    जितसँगै नापोलीले ३२ खेलमा ६३ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । लाजियो ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • १० बैशाख २०७८, शुक्रबार ११:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images