श्रीलंकाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज बंगालदेशलाई
  • CIA Khabar

  • काठमाडौँ । पाहुना टोली श्रीलंकालाई एक खेल अगावै हराउँदै बंगलादेशले तीन खेलको एक दिवसीय सिरिज जितेको छ ।

    ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्धतिमा १ सय ३ रनले हराउँदै बंगलादेशले एक खेल अगाबै सिरिज कब्जा गरेको हो ।

    बंगलादेशले दिएको २ सय ४७ रनको लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित भएपछि डीएल पद्धतीमा  श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।

    जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार ११:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images