बलात्कारको आरोपमा रामेछापका ढुंगेल पक्राउ
  • CIA Khabar

  • फरक क्षमता भएकी १२ बर्षिय एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरका १९ बर्षिय सन्तोष ढुंगेल प्रक्राउ परेका छन् ।
    जंङ्गलमा गोरु चराएर घरतर्फ फर्कदै गरेकी ती बालिकालाई ढुंगेलले गत चैत्र २८ गते सोही गाउँपालिकाको वडा नं ६ लखनपुरको ढुकुरे पिपलवोट भन्ने एकान्त स्थानमा लगेर विभिन्न डर त्रास देखाई जर्वजस्ती करणी गरेका थिए । ढुंगेलले जर्वजस्ती करणीपछि ती बालिकालाई कसैलाई भनिस् भने मारिदिन्छु भन्दै धम्की समेत दिएर बालिकालाई त्यहीँ छाडेर हिडेका थिए ।

    घटनापछि ती बालिका रुदै घरमा गएर आफ्ना अभिभावकहरुसँग सबै घटनाका बिषयमा जानकारी गराएपछि उनका परिवारले प्रहरीमा जर्वजस्ती करणी मुद्धामा जाहेरी दर्ता गराएका थिए । अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले घटनामा आरोपित ढुंगेललाई पक्राउ गरेको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

  • १० बैशाख २०७८, शुक्रबार ११:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images