चितवन । चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाका अनुसार उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको हो । डीएसपी थापाका अनुसार शाही निकुञ्जस्थित सेनाको खड्ग दलमा विशेष अप्रेसनका लागि खटिएका थिए ।
शाहीका परिवारले भने घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । उनीहरुले प्रहरीमा उजुरी दिएको र अहिले छानबिन भइरहेको डीएसपी थापाले बताए ।