मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु
  • CIA Khabar

  • सांकेतिक तस्वीर

    बैतडी । मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ ।

    शिवनाथ गाउँपालिका–१, कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मंगलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए ।

    बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

  • १२ जेष्ठ २०७८, बुधबार १६:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images