साउदीमा अस्पतालले २ करोड ५० लाख मिनाहा गरिदिएपछि स्वदेश फर्किए भुजेल
  • CIA Khabar

  • दोहा- वैदेशिक रोगजारीको सिलसिलामा साउदी अरबको रियादस्थित एउटा कापनीमा काम गर्दा दुर्घटनामा परी अपांग भएका मोरङको सुन्दरहरैचा – ९ का बेद बहादुर भुजेल स्वदेश फर्किएका छन् ।

    अढाई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेललाई बिहीबार अपराह्न स्वदेश फिर्ता पठाइएको दूतावासले जनाएको छ । उनी नेपालबाट श्रमसम्झौता गरेर गएको कम्पनी छोडेर अन्यत्न काम गर्दैगर्दा दुर्घटनामा परेका थिए ।

    दुर्घटनामा उनलाई रियादमा रहेको फेमेली केयर अस्पताल भर्ना गरिएको र तीन महिना अचेत अवस्थामा रहेका थिए । अस्पतालको लामो समयसम्मको निरन्तर उपचार र हेरचाह पश्चात उनको अबस्थामा उल्लेख्य सुधार आएको थियो।

    अस्पताल बसाई र उपचार खर्चको विल आठ लाख साउदी रियालभन्दा बढी आएको थियो । उनी गैरकानूनी हैसियतमा रहेर काम गरी रहेको अवस्थामा दुर्घटनामा पर्दा उपचारको क्रममा खर्च भएको अस्पतालको विल तिर्ने जिम्मा कमैले पनि लिएन ।

    उपचार खर्चको बिल कसैले पनि तिर्न नमानेपछि अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरी दूतावासको जिम्मा लगाएको थियो ।

    साउदीमा रहेको कुनै पनि विदेशी नागरिक माथि कुनै केस लागेको छ भने उक्त केस फछयौंट नहुँदासम्म त्यस्ता व्यक्तिलाई साउदीबाट बाहिर जाने अनुमति हुँदैन ।

    अस्पतालको विलमा निकै ठूलो रकम रहेको र उनी गैरकानूनी हैसियतमा भएको हुदा उक्त रकम कसैले पनि तिर्ने अवस्था नदेखिएपछि दूतावासले सुरुमा उनलाई साउदी पठाउने म्यानपावर र रोजगारदाता कम्पनीले विभिन्‍न चरणमा गरी २५/२५ हजार साउदी रियाल व्यहोरने गरी जम्मा पचास हजार रियाल दिने सहमति भयो ।

    दूतावासका अनुसार भुजेलको तर्फबाट एक जना साउदी कानून व्यवसायी रखी प्रतिरक्षाको सुरुवात गरिएको थियो । तर, दुई वर्षसम्म कुनै कानूनी प्राप्ति हुन सकेन ।

    तर पनि दूतावासले उनलाई स्वदेश पठाउन सकिने अवस्था सिर्जना गर्न निरन्तर प्रयासरत गरिरह्यो । विल तिर्न नसकिने भएपछि अस्पताललाई नै भुजेलको केस फिर्ता लिन राजी पार्नु बाहेक अरु कुनै विकल्प थिएन् ।

    यसबीचमा दूतावासले अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटक पटक भेटवार्ता र पत्राचारमार्फत भुजेल बिरुद्धको मुद्धा फिर्ता लिई उनलाई नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरेको थियो ।

    दूतावासको अथक प्रयासको परिणाम स्वरूप अस्पतालले गत दुई हप्ता अघि उनी विरुद्ध अदालतमा रहेको केस फिर्ता लियो र उपचारका क्रममा खर्च भएको ८ लाख २३ हजार साउदी रियाल नेपाली रुपैया २ करोड ५० लाख भन्दा बढी  रकम मिनाहा गरी मुद्दा फिर्ता लिएको थियो ।

    मुद्दा फिर्ता पछि फिर्तीका लागि आवश्य सम्पूर्ण खर्च गैरवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साउदी व्यवस्था गरेपछि उनलाई स्वदेश पठाईएको दूतावासले जनाएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार ११:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images