सगरमाथा बेस क्याम्पमा प्रवेश निषेध
  • CIA Khabar

  • सगरमाथा बेस क्याम्पमा पनि कोरोना पुगेको छ। आरोहीमा संक्रमण पुष्टि भएपछि बेस क्याम्पमा आरोहीको लागि सावधानी अपनाउन थालिएको हो।

    बिरामी भएर काठमाडौं उपचार गर्न लगिएकी एक आरोही युवतीमा कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले  जानकारी दिए। उनका अनुसार १९ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो।

    उनले कुन हिमाल आरोहण गर्न गएको त्यो विषयमा जानकारी नभएको बताए। शाहीले भने, ‘उपचार गर्न लगिएको आरोहीमा कोरोना संक्रमण पुष्टि भएको छ।’

    उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। उनका अन्य साथी बेस क्याम्पमा क्वारेन्टाइनमा बनाइ बसिरहेका छन्।

    कोरोना महामारीको संक्रमण फैलिँदै गएपछि आरोहीलाई सुरक्षित बेस क्याम्पमै क्वारेन्टाइन निर्माण निर्माण गर्न थालिएको हो। आरोहीमा संक्रमण फैलिएको आशंकामा आरोहीहरू छुट्टै फरक बस्न थालेका छन्।

    महामारी नफैलियोस् भनेर बेस क्याम्पमा बाहिरका मानिसलाई प्रवेश अनुमति नदिईकन धमाधम फरक-फरक बासस्थान निर्माण गर्न लागिएको पर्यटन विभागले जनाएको छ। केही आरोहीमा स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि काठमाडौं ल्याइएको विभागका एक कर्मचारीले जानकारी दिए।

    महामारी फैलिइन थालेपछि बेस क्याम्पमा पूर्ण रुपमा सावधानी अपनाउने काम भइरहेको छ। कुनै पनि आरोहीलाई अहिलेसम्म कोरोना पुष्टि भएको खबर आइनसकेको विभागका एक कर्मचारीले बताए।

    सगरमाथा बेस क्याम्पमा सगरमाथा चढ्नका लागि ३ सय ७७ आरोहीले अनुमति लिएका छन्। धेरै आरोही पुगिसकेका र केही भने बाटोमा रहेको पनि विभागले प्रस्ट पारेको छ।
    बेस क्याम्पमा तीन वटा हिमाल आरोहण गर्न आरोही जाने गरेका छन्। सगरमाथा, ल्होत्से र नुपत्सेका लागि आरोही पुग्ने गरेका छन्।

  • १० बैशाख २०७८, शुक्रबार १३:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images