बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ
  • CIA Khabar

  • सांकेतिक तस्बिर

    रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित बुद्ध नगरबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय हेमलाल गन्धर्व छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरले गन्धर्वलाई पक्राउ गरेको हो ।

    मंगलबार साँझ उनले ४ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गन्धर्वले ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेका हुन् । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार २०:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images