कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्ने चुनौति थपियो : मन्त्री भट्ट
  • CIA Khabar

  • काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधिलाई बढाउनुपर्ने चुनौति सिर्जना भएको बताएका छन् ।फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चुनौति र अवसरहरु विषयक अन्तर्क्रियामा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति रहेको बताए ।मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै विकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।

    उनले देशलाइ औद्योगीकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफूहरु योजना बनाउन लागेको बताए । उनले कोरोना न्युनीकरण गर्न सरकारले जारी गरेको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

  • १० बैशाख २०७८, शुक्रबार १९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images