एमाले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन,कसलाई के जिम्मेवारी ?
  • CIA Khabar

  • नेकपा एमालेले पार्टीका नेताहरुको कार्यविभाजन गरेको छ ।
    शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको कार्यविभाजनसहित जिम्मेवारी तोकेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने महासचिवलाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्ज बनाइएको छ ।

    यस्तै, अग्निप्रसाद खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासन विभाग प्रमुख र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।
    यस्तै, केशवप्रसाद बडाललाई सल्लाहकार परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार २०:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images