डडेल्धुरा अस्पताललाई सरकारले दियो ५० वटा अक्सिजन सिलिण्डर
  • CIA Khabar

  • काठमाडौँ । डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिण्डर पुगेको छ ।

    सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो । अक्सिजन सिलिण्डर नहुँदा कोरोना भाइरसका बिरामीको उपचारका लागि समस्या भइरहेको समयमा नेपाल सरकारले अक्सिजन सहितको सिलिण्डर दिएपछि उपचारका लागि सहज हुने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिण्डर सहित अब डडेल्धुरा अस्पतालमा साना ठूला गरी २ सय भन्दा बढी सिलिण्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

    सिलिण्डरको पर्याप्तता भए सँगै आपतकालीनका लागि पनि अक्सिजन भरेर राख्नका लागि सहज हुने अस्पतालले जनाएको छ । हाल डडेल्धुरा अस्पतालमा ३७ जना कोरोना भाइरस संक्रमितको बिरामी रहेका छन् ।

  • १३ जेष्ठ २०७८, बिहीबार १६:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images