प्रधानमन्त्री ओलीको घोषणा– फागुनभित्रै स्थानीय तहको निर्वाचन हुन्छ
  • CIA Khabar

  • प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेका छन् ।

    शुक्रबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका हुन् ।

    स्थानीय तहको निर्वाचन पाँच–पाँच वर्षको अन्तरमा हुनुपर्छ । तर, सरकारले आवश्यक ठाने पाँच वर्षअघि पनि स्थानीय तहको निर्वाचन गराउन सक्छ । यसअघि स्थानीय तहको निर्वाचन ०७४ वैशाखदेखि असोजसम्मसम्म तीन चरणमा भएको थियो ।

  • १० बैशाख २०७८, शुक्रबार २०:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images