बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने ओलीको घोषणा
  • CIA Khabar

  • प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

    शुक्रबार बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटी सदस्य समेत रहेका गृहमन्त्री बादललाई ६ जेठमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले घोषणा गरे पनि केन्द्रीय कमिटी बैठकले भने यसबारेमा औपचारिक निर्णय भने गरेको छैन ।

    नेकपा माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि निर्वाचन आयोगले ६ जेठका लागि उपनिर्वाचनको मिति तय गरेको छ । यसअघि माओवादी केन्द्रबाट बागमती क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका बादल सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय गरेका थिए ।

    एमालेमै रहने निर्णय गरेपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट हटाउने निर्णय गरेको थियो । बादल राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि उक्त पद रिक्त छ ।

  • १० बैशाख २०७८, शुक्रबार २०:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images