जगदिश कुसियतलाई सुनसरी इञ्चार्ज बनाएपछि भगवतीले बहिष्कार गरिन् एमाले बैठक
  • CIA Khabar

  • एमालेकी नेतृ भगवती चौधरीले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठक बहिष्कार गरेकी छिन् ।

    बालुवाटारमा जारी बैठकले नेता जगदिश कुसियतलाई सुनसरी जिल्ला इञ्चार्ज बनाउने निर्णय गरेपछि चौधरीले बैठक बहिष्कार गरेकी हुन् । चौधरीले कुसियतलाई सुनसरी जिल्ला इञ्चार्ज बनाउने निर्णयप्रति आफ्नो सहमति नरहेको पनि बताएकी छिन् ।

    बैठक बहिष्कार गरेपछि उनी बालुवाटारबाट बाहिरिएकी छिन् । बैठकले स्थायी कमिटी गठनसँगै नेताहरुको जिम्मेवारी पनि तोक्ने निर्णय गरेको छ ।
    यसअघि बैठकले माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा बामदेव गौतमलाई भने राखिएको छ ।

    यस्तै, बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

  • १० बैशाख २०७८, शुक्रबार २०:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images