स्पष्टीकरण सोधिएका माधव नेपालसहित २७ सांसदबारे आवश्यक निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई
  • CIA Khabar

  • नेकपा एमालेले स्पष्टीकरण सोधिएका नेता माधवकुमार नेपालसहित २७ सांसदबारे आवश्यक निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

    शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरण सोधिएका नेपालसहित २७ सांसदबारे आवश्यक निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार नेपालसहित २७ सांसदलाई कस्तो खालको कारबाही गर्ने भन्ने विषयमा स्थायी कमिटीले नै निर्णय लिनेछ ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताएका छन् । तर, नेतृत्वप्रति विष वमन गर्ने तथा पार्टी हित विपरीत क्रियाकलाप गर्नेलाई कारबाही गरिने उनले बताएका छन् ।

    एमालेले नेता नेपालसहित प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशसभाका पाँच जनालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएकामध्ये कर्णालीमा संसदीय दलको निर्देशनविपरीत फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय बैठकले गरेको छ ।

    यस्तै, स्पष्टीकरण सोधिएका प्रतिनिधिसभाका २७ मध्ये नेता योगेश भट्टराईसहित पाँच सांसदले अझै स्पष्टीकरण बुझाएका छैनन् । नेपाल समूहका योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण नबुझाएको शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले जानकारी दिएका थिए ।

    बैठकले नेपाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा बामदेव गौतमलाई भने राखिएको छ ।

     

     

     

  • १० बैशाख २०७८, शुक्रबार २०:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images