नगर प्रमुख केशब कुमार श्रेष्ठलाई युवा नेता खडकाको खुल्लापत्र
  • देबेन्द्र खड्का

  • कपिलवस्तु । जिल्लाको बुद्दभुमी नगरपालिका का नगरप्रमुख केशब कुमार श्रेष्ठलाई नेकपा एमालेका युवा नेता देबेन्द्र खड्काले नगरप्रमुख लाई योजनाका बारेमा सल्लाह, सुझाव दिनुभएको छ ।

    आर्थिक बर्ष २०७८/८९को लागि नगरपालिकामा के कस्तो योजना बनाउने भन्ने बिषयमा बुद्दभुमी नगरपालिकाले सुझाब राय सम्बन्धमा जेष्ठ ४ गते बिज्ञप्ति जारी गरेको थियो ।

    आगामी बजेट कस्तो ल्याउने , बुद्दभुमी नगरपालिकामा के कस्तो योजना बनाउने कसरी नगरपालिकालाई नमुना नगरपालिका बनाउने भन्ने बारे नेता खड्काले पत्र मार्फत नगरप्रमुख केशब कुमार श्रेष्ठलाई ध्यानाकर्षण तथा सल्लाह र सुझाब समेत दिनुभएको छ । उहाँ लेख्नु हुन्छ :

    श्रीमान नगर प्रमुख ज्यु,
    बुद्धभुमि नगरपालिका
    विषय : राय सुझाव उपलब्ध गराएको सम्बन्धमा ।

    महोदय, स्थानीय सरकारको चार कार्यकाल अवधिको कुनै पनि निति तथा योजना कार्यक्रममा सहभागी हुन पाईएन,आर्थिक वर्ष २०७८र२०७९ को निति तथा योजना बनाउनको लागि मिति २०७८र०२र०४ गतेको पत्र सङ्ख्या ०७७र०७८ चलानी न। नभएको स्रोत बुद्धभुमीको सन्देश मार्फत राय संकलनमा सहभागी बन्ने जानकारी पाएकाले नगरपालिकाको आ.व. ०७८र०७९ को योजनामा मेरा केही सुझावहरु उचित लागेमा समावेश गरिदिनुहुन म निवेदन गर्दछु।

    हुनत यो चार कार्यकाल अवधिमा धेरै कामहरू भए होलान तर के काम भयोत भनेर प्रश्न गर्दाखेरी प्रष्ट देखिने,जनताले पनि फ्याट्ट भन्न सक्ने र स्थानीय सरकारले पनि सजिलै भन्ने त्यहीँ सडक विस्तार,मर्मत,पिच र ग्रावेल भन्दा अर्को देखिएन, अरु नभएर देखिएनकि,पुर्णता नपाएको भएर देखिएन कि साच्चै नबनेको भएर देखिएन थाहा भएन । नगरपालिकाले यस्ता योजनाहरुमा ध्यान दिनेछ भन्ने अपेक्षा ।
    १- किसान वस्ती बढी भएको हाम्रो नगरले जनता र नगरपालिकाको सहकार्यमा warehouse अनि coldstore बनाउन आवश्यक देखिन्छ, जसबाट धेरै किसानले लाभ लिन सक्छन्।
    २- पर्यटकीय हिसाबले हाम्रो नगरले धेरै सम्भावना बोकेको छ, त्यसैले फराकिलो अनि विशाल त्यो गोरुसिङ्गे जङ्गललाई wild park बनाउने योजना बनाउ र बडहरा देखि ईमिलिया सम्ममा रहेको क्षेत्रलाई धार्मिक,जलाशय र हरियाली पार्कको योजना बनाउन सकेमा हजारौं सङ्ख्यामा आन्तरिक तथा बाहिरी पर्यटक भित्र्याउन सकिनुका साथै तिलौराकोट र सुपा देउराली घुम्न आउने हजारौं पर्यटक आकर्शित हुने थिए।
    ३- प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तो महत्त्वपूर्ण कार्यक्रमहरु बाटा,नाली र जङ्गल सरसफाइ जस्ता कामहरूमा मात्र लगाउनु भन्दापनि कृषि तालिम केन्द्र, सिपमुलक तालिम केन्द्र हरुमा परिणत गरौ,धेरै स्वरोजगार अनि आत्मनिर्भर हुनेछन्।
    ४-नगरभित्रका सम्पूर्ण नगरवासी, वनजङ्गल तथा वातावरणलाई चाहिने कृषि नर्सरी,विउविजन तथा पशुपन्छी विकास केन्द्र को स्थापना गरौ।
    ५-अस्पतालले यहीँ आ.व. ०७८/०७९ भित्रै पुर्णता पाउने गरि योजना अगाडि बढाऔ।
    नगरका योजनाहरु यी र यस्तै साना तर प्रत्यक्ष प्रभाव पार्ने कामहरुमा केन्द्रीत गराएर काम गर्न सकेमा समृद्धि सजिलै हासिल हुनेछ।

  • १३ जेष्ठ २०७८, बिहीबार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images