योगेश भट्टराईसहित सांसदले अझै बुझाएनन् स्पष्टीकरण
  • CIA Khabar

  • एमालेका नेता योगेश भट्टराईसहित पाँच सांसदले अझै स्पष्टीकरण बुझाएका छैनन् ।

    एमालेले नेता माधवकुमार नेपालसहित उनीनिकट २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो । तर, नेपालसहित २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि नेता योगेशसहित पाँच सांसदले भने पार्टीलाई स्पष्टीकरणको जवाफ छैनन् ।

    नेपाल समूहका योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण नबुझाएको शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले जानकारी दिएका थिए ।

    बैठकले नेपाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा बामदेव गौतमलाई भने राखिएको छ । यस्तै, बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

  • १० बैशाख २०७८, शुक्रबार २०:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images