टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान
  • CIA Khabar

  • काठमाडौँ– नेपालले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाएर नयाँ कीर्तिमान बनाएको छ ।

    त्रिदेशीय टी–२० प्रतियोगिताअन्तर्गत आज नेदरल्याण्डसँगको खेलमा नेपालले अहिलेसम्मकै ठुलो स्कोर बनाएको हो ।

    नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

    कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तिन विकेट गुमाउँदै दुई सय २८ रन बनाएको हो ।

    आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । उनले जारी सिरिजमा ४ अर्धसतक बनाएर कीर्तिमानी पारी खेले ।

    नेपालका लागि अनुभवी खेलाडी दिपेन्द्रसिंह ऐरीले १८ बलमा पाँच चौका र तीन छक्का हान्दै अविजित ४८ रनको योगदान गरे । आशिफ सेखले १६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए ।

    आजको खेलमा कुशल मल्लले ५० रन बनाउँदै अर्धशतकीय पारी खेले ।

  • ११ बैशाख २०७८, शनिबार १७:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images