त्रिदेशीय क्रिकेटको उपाधी नेपाललाई
  • CIA Khabar

  • काठमाडौँ– टी–२० त्रिदेशीय क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ ।

    आज भएको फाइलनमा नेपालले नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

    आजको खेलमा नेपालले टी–२० क्रिकेट प्रतियोगिताकै सबैभन्दा ठुलो स्कोर बनाएर नयाँ कीर्तिमान समेत बनायो । नेपालले फाइनलमा नेदरल्याण्डलाई नेपालले पराजित गर्दै उपाधी सुरक्षित गरेको हो ।

    नेपालका लागि करणले केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट, कमलसिंह ऐरीले दुई विकेट लिए । २ सय ३८ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेदरल्याण्डले १७ दशमलव २ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमात्रै बनाउन सक्यो । नेदरल्याण्डका लागि तीनजना खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके ।

  • ११ बैशाख २०७८, शनिबार १७:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images