थप १४ जनाको कोरोना संक्रमितको मृत्यु, २ हजार ६१९ संक्रमित थपिए
  • CIA Khabar

  • काठमाडौँ— नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २ हजार ४८६ जनामा र सीमा नाकाहरुमा १ हजार १४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ र २४ घण्टा भित्र ८ जनाको मृत्युको विवरण प्राप्त भएको हो । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ।

    कहाँ कति थपिए संक्रमित ?

    मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ।

    काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेाको छ।

  • ११ बैशाख २०७८, शनिबार १८:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images