पूर्वराजा ज्ञानेन्द्र दम्पती अस्पताल भर्ना
  • CIA Khabar

  • काठमाडौँ— पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

    छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन् ।

    केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

  • ११ बैशाख २०७८, शनिबार १८:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images