२२ तले धरहरा ( गद्यकविता )
  • लक्ष्मीप्रसाद ढकाल

  • मेरो धरहरा म आफैँ बनाउँछु
    मेरो सम्पदा म आफैँ उठाउँछु
    मेरो इतिहास म आफैं रच्छु
    आखिर ,
    गरे के हुँदैन ?
    लडेको धरहरा उठ्यो ,
    आखिर उठ्नै पर्ने थियो
    धरहरा आफूमात्र उठेन ,
    तीन करोड नेपालीको शिर उठायो ।

    धरहरा देशको आर्थिक मेरुदण्ड भएर उठ्यो
    समृद्ध नेपाल सुखी नेपालीको
    मूलमन्त्र बनेर उठ्यो
    विकासको पहिलो अध्याय बनेर उठ्यो
    सभ्यता र संस्कृति बोकेर उठ्यो
    प्रत्येक नेपालीको मुस्कान बनेर उठ्यो
    लडेको त्यो धरहरा उठ्नुथियो
    नयाँ रूप लिएर उठ्यो ।

    धरहरा राष्ट्रिय सम्पदा हो
    धरहरा स्वाभिमान हो
    धरहरा प्रत्येक नेपालीको ,
    मान , सान , इज्जत ,प्रतिष्ठा र गौरव हो
    लडेको धरहरा उठ्नुथियो ,
    उठ्यो
    लडेको धरहरा म आफैं बनाउँछु
    आखिर
    गरे के हुँदैन ?
    अब ,
    विश्वमा मेरो पहिचान नै धरहरा हो ।

    रचना : लक्ष्मीप्रसाद ढकाल
    दर्शनाचार्य तह अध्ययनरत
    त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर

  • ११ बैशाख २०७८, शनिबार २०:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images