कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले सीसीएमसीको बैठकले गरेको सिफारिस लगाएतका विषयमा जानकारी गराएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    त्यसबाहेक पार्टीको ह्रवीप उल्लंघन गर्ने सांसदहरुलाई कारबाही गर्ने विषय समेत बैठकमा सामान्य छलफल भएको ज्ञवालीले बताए ।

    उनले स्पष्टीकरण सोधिएका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटिलाई दिइएको अबस्थामा कर्णाली प्रदेशमा जस्तै अन्य स्थानमा समेत फ्लोर क्रस हुनसक्ने विषयमा पनि छलफल भएको उनले बताए ।

    यसैबीच बैठकमा सहभागी एक नेताका अनुसार कोरोनाको विषयमा प्रधानमन्त्री ओलीको मन्तव्यसँगै बैठक सकिएको हो । प्रधानमन्त्री ओलीले कोरोनाबाट जोगिएर जिल्ला जिल्लामा हेल्प डेस्क बनाउन समेत नेता कार्यकर्तालाई आग्रह गरेको उनले बताए । महाविधेशन आयोजक कमिटिको बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुका बारेमा सामान्य छलफल नभएको उनले बताए ।

    त्यसअघि बसेको एमालेको स्थायी कमिटिको बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुका बारेमा छलफल भएको हुनसक्ने उनले बताए ।

  • १२ बैशाख २०७८, आईतवार १४:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images