साथीको हत्या आरोपमा दुईजना पक्राउ
  • CIA Khabar

  • काठमाडौँ – सिकार खेल्न जाँदा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले मोरङ केराबारीबाट दुईजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा गजेन्द्र राई र रूवीन लिम्बु छन् । प्रहरीले उनिहरुका साथबाट एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङका अनुसार सिकार खेल्ने क्रममा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–३ बस्ने ३२ वर्षीय हस्तबहादुर राई रहेका छन् ।

    गत वैशाख ९ गते राईसहित सोही स्थान बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बु घरबाट बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ सिकार खेल्न गएका थिए ।

    रातको अन्दाजी ९ बजे सिकार खेल्न गएका उनीहरुमध्ये गजेन्द्र राईले प्रहार गरेको बन्दुकको गोली लागेर हस्तबहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

  • १२ बैशाख २०७८, आईतवार १५:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images