मास्कको प्रयोग नगर्नेको समाचार नबनाउन सरकारको आग्रह
  • CIA Khabar

  • काठमाडौँ– सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशन/ प्रसारण नगर्न आग्रह गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क नलाइ लिएको अन्तर्वाता तथा अन्य सुचना प्रकाशन नगर्न आग्रह गरेको हो।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संचारमाध्यममा समाचर पढ्दा अन्तर्वाता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार सुचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न प्रकाशन / प्रशारण नगरिदिनुहुन स्वास्थ्य मन्त्रालय अनुरोध गर्दछ।

    सरकारले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

  • १२ बैशाख २०७८, आईतवार १५:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images