एकै दिन ३१२२ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्।

    यस्तै हाल भेन्टिलेटरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ। चिकित्सकहरुले बेलायती भेरिअन्टको भाइरस तिब्र रुपमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

    जानकारहरूले नेपालमा हाल २४१ प्रतिशतका दरले संक्रमणा भइरहेकाे बताएका छन्। मन्त्रालयले पछिल्लाे एक हप्तामा १० हजार संक्रिमत भएका छन्।

  • १२ बैशाख २०७८, आईतवार १६:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images