संक्रमण नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदन गर्ने सरकारको तयारी
  • CIA Khabar

  • काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी भएको निकट स्रोतले जनाएको छ ।

    संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ ।

    लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।

    लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।

    उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।

    यस्तै विदेशी नागरिकलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरिएको छ भने स्वदेश फर्किएका नेपालीलाई परीक्षण रिपोर्टका आधारमा गन्तव्यसम्म पुर्‍याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

    सोमबारदेखि पूर्वनिर्धारित सबै किसिमका परीक्षा पनि अर्को निर्णय नभएसम्मका लागि तत्काललाई स्थगन गर्न सिफारिस गरिएको छ ।

  • १३ बैशाख २०७८, सोमबार ११:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images