गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध अविश्वासको प्रस्ताव टेवल हुँदै
  • CIA Khabar

  • काठमाडौँ-  गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव पेस हुँदैछ ।

    गण्डकी प्रदेशको आज दिउँसो २ बजे शुरु हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास प्रस्ताव टेवल हुन लागेको हो ।

    आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा आज पहिलो दिन नै अविश्वास प्रस्ताव टेवल गर्ने सहमति जुटेको जनाइएको छ । यसअघि आजको कार्यसूचीमा दलीय आधारमा नेताहरूले सभालाई सम्बोधन गर्ने उल्लेख थियो ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्नेछन् ।

    गत वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेस नयाँ गठबन्धनमा कस्सिएको छ ।

    प्रदेश सरकारको समीकरण बदलिने सम्भानासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा मन्त्रालय भागबण्डाको विषयमा छलफल शुरु भएको छ ।

    ६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २७, माओवादी केन्द्रको १२ जना, राजमोका ३, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद छन् ।

    स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङ्गे)ले चुनावपछि नेकपा प्रवेश गरेका थिए ।

  • १३ बैशाख २०७८, सोमबार ११:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images