कोरोना विरुद्ध सचेतना बाढ्दै गाउँ सडकमा प्रहरी
  • CIA Khabar

  • पाल्पा  कोरोना संक्रमण बिरुद्ध पाल्पा प्रहरीले चलाएको अभियान प्रभाबकारी बन्दै गएको छ। जिल्लाभर कोरोना संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै जिल्ला बिपद् समिति तथा स्थानीय स्तरमा बैठक बसेर सुरक्षाका उपाय अपनाउन सुझाब आए लगत्तै प्रहरीले सचेतना सुरु गरेको हो ।
    इलाका प्रहरी कार्यालय रामपुरले नगरपालिकाको समन्वयमा नगरभित्र माइकिङ्ग तथा कडा चेकजाच शुरु गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिम बहादुर कार्कीले नगरका बजार क्षेत्रमा दैनिक माइकिङ्ग र सचेतनाको लागि सुचनामुलक सन्देश बजाएर सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिएको बताउनुभयो । बजार क्षेत्रमा बढी जोड दिइएको छ कार्कीले भन्नुभयो-जहाँ भिडभाड नहोस् भन्ने अपेक्षा गरिएको छ । साथै अन्य गाउघरमा समेत माइकिङ र कोरोनाबाट कसरी जोगिने, साबधानी अपनाउन के गर्ने लगायतका सुचना सन्देश दिइएको उहाँले बताउनुभयो।

      प्रहरीले ” तपाइको माक्स खोइ” व्यानर सहित माक्स, पन्जा र सेनिटाइजर साथै साबुन पानीको नियमित प्रयोग, भिड नियन्त्रण र किनमेलमा अपनाउनुपर्ने सजकताका बारेमा जानकारी दिने गरेको प्रहरी नायब निरीक्षक जंग बहादुर श्रेष्ठले बताउनुभयो । बजार तथा गाउँ टोल सचेतना अभियानमा अत्यावश्यक काम परि बाहिर ननिस्कन अनुरोध गरिएको छ, गाउघरमा समेत झुण्ड नहुन भनिएको र त्यस्तो जम्मा भएर बसेका समुहलाई पनि सुरक्षित भएर घर्भित्र बस्न भनिएको उहाले बताउनुभयो रामपुरमा जारी गरेको अत्यावश्यक सेेवामुलक सवारीसाधन बाहेकका साधनमा जोर बिजोर प्रणालीलाई कडाई गरेको छ । साथै मास्क प्रयोग अनिवार्य गर्न मास्क नलगाएकालाई १०० रुपया जरिवानाको निर्णयलाई समेत प्रहरीले कडाई गरेको जनाएको छ ।

  • १३ बैशाख २०७८, सोमबार १२:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images