पाल्पामा खाना पकाउने क्रममा आगोलागी हुँदा २ घाइते
  • CIA Khabar


  • पाल्पा । खाना पकाउने क्रममा आगोलागी हुँदा पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १ कुमैडाँडामा २ जना घाइते भएका छन् । शनिवार साझ खाना पकाउने क्रममा आगलागी हुँदा ७० बर्षिय वृद्ध महिला लिला कुमारी बि.क. र उनका नाति १५ बर्षका योगेश बि क घाइते भएको प्रहरीले जनाएको छ।

    खाना पकाउन आगो सल्काउन लाग्दा पेट्रोल छर्कने क्रममा एक्कासी आगो लागेको प्रहरी चौकी केलादीका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षत्रीले जानकारी दिनुभयो ।
               

    आगो सल्काउन लाग्दा उनको कपडामा आगो सल्किएको र शरीरमा टिपेको थियो । जोगाउन जादा योगेशलाई पनि आगोले टिपेको प्रहरीले जनाएको छ। हाल उनीहरुको तानसेनको युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको छ । भान्सा कोठामा पनि सामान्य क्षति पुगेको छ ।

  • १९ बैशाख २०७८, आईतवार १०:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images