उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव
  • CIA Khabar

  •  काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ ।
    के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो । संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।
  • १३ बैशाख २०७८, सोमबार १२:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images