काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा
  • CIA Khabar

  • काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ ।सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

     

    अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

    कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौं,’ उनले भने, ‘अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ।

    कोरोना संक्रमण बढ्न थालेपछि सोमबारदेखि नै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरिसकेका छन्।

  • १३ बैशाख २०७८, सोमबार १३:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images