पोखरा-वडा नं ४ का अध्यक्ष शंकर प्रसाद बास्तोला पोखरा बहुमुखी क्याम्पसको आजिवन सदस्य
  • CIA Khabar

  • पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलालाई पोखरा बहुमुखी क्याम्पसले आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गरेको छ ।

    क्याम्पसको शैक्षिक विकासमा महत्वपुर्ण भुमिका खेल्दै योगदान पुर्याएको भन्दै क्याम्पसले सम्मानस्वरुप आजिवन सदस्यताको प्रमाण पत्र हस्तान्तरण गरेको हो ।क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सम्मान पत्र प्रदान गरेका थिए । सदस्यता सम्मान पत्र प्रदान गर्दै लालचनले क्याम्पसका हरेक गतिविधिमा सहभागी भई निस्वार्थ सेवा गरेका र अध्यक्ष बाँस्तोला क्याम्पसका असल अभिभावक भएको बताए ।

    क्याम्पसले आफूलाई सम्मान स्वरुप आजिवन सदस्यता प्रदान गरेकोमा अध्यक्ष बास्तोलाले खुसी व्यक्त गरे ।

  • १३ बैशाख २०७८, सोमबार १३:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images