प्रचण्ड अस्ताउँदो सूर्यजस्तै अन्धकारमा विलीन भइरहनुभएको छ : बादल

पूर्वगृहमन्त्री तथा नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ मिडियामा कमै बोल्नुहुन्छ । नेता बादल पार्टी बैठकहरूमा समेत विरलै बोल्ने नेतामा पर्नुहुन्छ । त्यसैकारण बादल सधै सवैको नजरमा पर्ने गर्दै आउनु भएको छ । नेकपा बिभाजनपछि उहाँ लामो समयदेखिको सहकार्यमा रहनुभएका प्रचण्डलाई छाडेर अध्यक्ष केपी ओलीको पक्षमा लाग्नुभयो । प्रचण्डसँगको ४० वर्ष लामो सहकार्य तोडेर बादलले केपी ओलीलाई साथ दिने कुरा धेरैको लागि अपत्यारिलो थियो । अहिले एमाले विभाजनको उत्कर्षमा पुग्दा पनि बादल एउटा पक्ष बन्नुभएको छ । नेका छन् । बादलसहितको एमाले कि बादल बिनाको एमालेको बैठक राख्ने भन्ने विवाद छ । आखिर बादलले ओलीलाई किन साथ दिनुभयो ? किन प्रचण्डको साथ छाडनु भयो ? यसबारे नेता बादलले नेकपा एमालेको मुखपत्र नवयुगमा गर्नुभएको खुलासा उहाँकै शब्दमा :

  • CIA Khabar

  • प्रचण्डसँग तपाईंको ४० वर्षभन्दा लामो सहयात्रा रह्यो । यो अवधि अन्तरसङ्घर्ष र एकताका विभिन्न चरणबाट गुज्रिएको छ । आज प्रचण्ड नेपाली राजनीतिमा अस्थिरता, उपयोग र अवसरवादको पर्यायवाचीजस्तो बन्न पुग्नुभएको छ । नेपाली राजनीतिमा प्रचण्डलाई वैचारिक राजनीतिक रूपमा कसरी चरित्र चित्रण गर्नुहुन्छ ?

    सामान्तवाद विरोधी जनवादी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा कमरेड प्रचण्डसँग चार दशकभन्दा लामो अवधिसम्म मेरो सहकार्य भयो । यो समय निकै उतारचढाव र उथलपुथललको बीचबाट गुज्रियो । निश्चय पनि नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड प्रचण्डको भूमिकालाई पूर्णतः अस्वीकार गर्नु ‘पूर्वाग्रही’ बन्नु हुनेछ । यो पनि त्यत्तिकै सत्य हो – नेपालको कम्युनिष्ट आन्दोलनको विघटनरविसर्जनमा पनि उहाँको उत्तिकै उल्लेखनीय भूमिका रह्यो, त्यो निरन्तर जारी छ ।

    निःसन्देह कमरेड प्रचण्डको मूल प्रवृत्ति र विशेषता निम्न पुँजिवादी अधैर्यता, अस्थिरता र अविश्वसनीयता नै हो । वैचारिक दृष्टिले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले अवसरवाद, साङ्गठनिक रूपमा व्यक्तिवाद (एकैसाथ नोकरशाही, एकाधिकारवाद र व्यक्तिवादी अराजकवाद), व्यावहारिक एवम् सांस्कृतिक रूपमा व्यक्तिवादी उपयोगितावाद उहाँका विशेषताहरू हुन् । प्रत्येक विषयलाई ‘कार्यनीतिक’ रूपमा अभ्यास गर्नु, अन्तरविरोधहरूलाई उपयोग गर्नु, अन्तरविरोध सिर्जना गर्नु, त्यसमा खेल्नुरखेलाउनु नै हुन् । पछिल्लो दृष्टान्त पार्टी एकता र यसबाट सिर्जित परिघटनाहरू हुन् ।

    यही वैचारिक राजनीतिक साङ्गठनिक एवम् सांस्कृतिक विचलनको परिमाण स्वरूप कमरेड प्रचण्ड अस्ताउँदो सूर्यजस्तै अन्धकारमा विलीन भइरहनुभएको छ । आशा गरौं अब उहाँले आफ्नो ‘कार्यनीति’ परिवर्तन गर्नुहुनेछ ।

    पार्टीको कानुनी विभाजनसँगै तपाईं आफ्नो समग्र राजनीतिक लिगेसीलाई छाडेर प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुभयो, राजनीतिक हिसाबले नेकपा (एमाले) को नेताका रूपमा स्थापित हुनुभयो । कुन बिन्दुमा तपाईं निष्कर्षमा पुग्नुभयो कि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मात्रै आन्दोलनलाई अगाडि बढाउन सम्भव छ ?

    समाजवादको निर्माणका लागि देशको विकास र समृद्धिलाई एउटा निश्चित बिन्दुसम्म पुर्‍याउन अनिवार्य हुन्छ । त्यसका लागि प्रतिस्पर्धाबाट राजनीतिक श्रेष्ठता स्थापित गर्दै राष्ट्रको नेतृत्व गर्नुपर्दछ । नेपालमा वामपन्थीहरूको जनमतको बाहुल्य रहेको तर त्यो विभाजित अवस्थामा भएकाले राजनीतिक श्रेष्ठताका निम्ति कम्युनिष्टहरूको एकता ऐतिहासिक आवश्यकता बन्न गएको हो । यस दृष्टिकोणबाट हेर्दा म प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुको अर्थ फुटका विरुद्ध एकताको पक्षपोषण गर्नु हो । यसको राजनीतिक अर्थ समृद्धि र समाजवादको पक्षमा दृढतापूर्वक उभिनु हो, सङ्घर्ष गर्नु हो । आत्मनिर्भर अर्थतन्त्रको जगमा नै समाजवादको संरचना खडा गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय स्वाभिमान, स्वाधीनता र आत्मनिर्णयको अधिकारको रक्षा गर्नु जरुरी हुन्छ । त्यसैले, म प्रधानमन्त्रीको पक्षमा उभिनुको अर्थ स् राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको पक्षमा दृढ समर्थन पनि हो ।

    मैले आफ्नो समग्र राजनीतिक ‘लिगेसी’ छाडेर एमालेको ‘लिगेसी’ अङ्गीकार कदापि गरेको होइन । मेरो अडान र पक्षधरतालाई यो रूपमा बुझ्नुरबुझाउनु उचित होइन । निश्चय पनि सर्वोच्च अदालतको फैसलाबाट कानुनी रूपमा त्यसो हुन गएको प्रतीत हुन्छ । एकता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रवाद, समाजवाद मेरो विगतको लिगेसी थियो । आज पनि त्यही हो । एमालेको लिगेसी पनि त्यही थियो, त्यही छ । त्यसैको परिणामस्वरूप नै एकीकृत पार्टी (नेकपा) को जन्म भएको थियो । निश्चय पनि अदालतको आदेशले पुरानो स्वरूपको एमाले स्थापित गरिदिएको छ । तर, आज हामीले पुनर्निर्माण गरेको पार्टी सारतः नयाँ एमाले’ हो, एकीकृत पार्टीको निरन्तरता हो, त्यसको नयाँ स्वरूप हो । २०७५ जेठ ३ गते मैले कमरेड केपी शर्मा ओलीलाई नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख नेताका रूपमा स्वीकार गरेको थिएँ । एमालेले नवौं महाधिवेशनमा उहाँलाई प्रमुख नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसैले गुटवादीहरूले कमरेड ओलीलाई प्रमुख नेतृत्वबाट अपदस्थ गर्न खोज्दा म नेतृत्वको रक्षा गर्न दृढतापूर्वक उभिएको हुँ ।

    तीन वर्ष पहिले भएको पार्टी एकता एउटा ऐतिहासिक परिघटना थियो । तर एकीकरणलगत्तै समस्याहरू देखा परे र झन बल्झिदै गए । पार्टीलाई विभाजनमा जान नदिन तपाईं स्वयम् पनि क्रियाशील हुनुहुन्थ्यो । तर एकता जोगिन सकेन । विभाजनको मुख्य कारण र कारक केलाई ठान्नुहुन्छ ?

    निश्चय पनि तीन वर्षपहिले नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला धारहरू नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० सहितको एकीकरण नेपालको राजनीतिक परिदृश्यमा एउटा असाधारण परिघटना थियो । यो परिघटनाले एकातिर जनतामा खुसी र उत्साहको सञ्चार गर्‍यो भने अर्कोतिर प्रतिक्रियावादी कित्तामा चिन्ता र आक्रोश पनि पैदा गर्‍यो । सामन्तवादका विरुद्ध जनवादी क्रान्ति आधारभूतरूपमा सम्पन्न भएपछि समाजवादको आधार निर्माण गर्न यो ऐतिहासिक आवश्यकता उत्पन्न भएको थियो । यो नेपाली जनता, पार्टी कार्यकर्ता तथा मित्रहरूको चाहना पनि थियो ।

    एकता त भयो । तर, त्यो तीन वर्ष पनि टिक्न सकेन, टिक्न दिइएन । शिशु अवस्थामा नै त्यसको असामयिक मृत्यु भयो । वस्तुतः निर्मम हत्या गरियो । यो दुःखान्त अप्रत्यासित थिएन । यसको पूर्वानुमान गरिएकै थियो । किनभने, यो एकतालाई हामीले असाधारण चुनौती र जोखिमको रूपमा पनि स्वीकार गरेका थियौं ।

    यो फुटको पोस्टमार्टम गरेर हेर्दा हामी यसका दुईवटा कारण तथा कारक तथ्यहरू देख्न सक्छौं । पहिलो र मुख्य आन्तरिक कारण, स्वयम् एकीकृत पार्टीमै अन्तर्निहित थियो । साबिक एमालेमा संस्थागत भएको गुटगत प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड माधवकुमार नेपालले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ ।

    साबिक माओवादीभित्र संस्थागत भएको गुटवादी प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड पुष्पकमल दाहाल ९प्रचण्ड०ले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ । ऐतिहासिक तथ्यहरूले के पुष्टि गर्दछन् भने दुवै प्रतिनिधि पात्रहरूले दशकौंदेखि सत्ता र नेतृत्वमा आफ्नो हालीमुहाली र एकाधिकार कायम गर्दै आएका थिए ।

    तीन वर्षका घटनाक्रमहरूले अकाट्य रूपमा के स्पष्ट गर्छन् भने उनीहरूले यो एकता समाजवादको निर्माणका निम्ति होइन अपितु नेतृत्व र सत्तामा आफ्नो एकाधिकार पुनःस्थापना गर्न गरेका थिए । त्यो अभिष्ट पूरा नभएपछि उनीहरूले सुनियोजित रूपमा एकीकृत पार्टीको पुनःविभाजनको प्रपञ्च रचे ।

    दोस्रो बाह्य कारणलाई खोतल्दै जाँदा हामी कम्युनिष्टहरूको नेतृत्वमा आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न भएको र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पाउँदछौं । तीनै तहमा कम्युनिष्टहरूको नेतृत्वमा सरकार गठन भयो । समृद्धि र समाजवादको दिशामा देश तीव्र गतिमा अघि बढ्यो । त्यसैले, समाजवादको यो अभियानलाई रोक्न प्रतिक्रियावादीहरूका लागि सरकार र एकीकृत पार्टीलाई विघटन र विभाजन गर्न अपरिहार्य बन्न गयो । यही षड्यन्त्रअन्तर्गत पार्टी नेतृत्वका निष्कासन, विघटित संसद्को पुनःस्थापना, राष्ट्रपतिको मानमर्दन, ‘कम्फर्टेबल सरकार’ गठनको प्रयास, दक्षिणपन्थीसँग सहकार्य आदि परिघटनाहरू प्रायोजित गरिएका हुन् ।

  • १८ जेष्ठ २०७८, मंगलवार ०८:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images