काठमाडौँ उपत्यकामा वैशाख १६ देखि एक हप्ता निषेधाज्ञा (आदेशसहित)
  • CIA Khabar

  • काठमाडौँ- काठमाडौँ उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

    नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै अब काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

    काठमाडौँ उपत्यकाका तीन वटै जिलाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् ।

    काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा सोमबार आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।

    जिल्ला प्रशासनले सभासम्मेलनमा समेत रोक लगाएको छ ।

    आदेशअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमङ पुल सपिङ मल, मनरोरञ्जन स्थल , सैलुन, व्युटी, पार्लर जिमखाना, सूमहमा खेलिने खेलकुद, पुस्तकालय संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने भएको छ ।

    यसैगरी विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासनको अनुमति लिएर मात्र गर्न पाइने छ ।

    आदेश उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

    यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश 

  • १३ बैशाख २०७८, सोमबार २०:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images