कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ चिकित्सकको मृत्यु
  • CIA Khabar

  • भारतमा कोरोना भाइरसको दोस्रो लहरको महामारी अझै जारी छ । यद्यपी एक समय दैनिक ४ लाख नयाँ संक्रमित थपिँदै आएकामा अहिले त्यसमा कमी आएको छ । यद्यपी खतरा भने टरिसकेको छैन ।

    भारतस्थित समाचार एजेन्सी एएनआईले इन्डियन मेडिकल एसोसियसनलाई उद्धृत गर्दै भनेको छ- कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ जना चिकित्सकको मृत्यु भएको छ ।

    त्यसमध्ये सबैभन्दा धेरै मृत्यु राजधानी दिल्लीमा भएको छ । कोरोनाको दोस्रो लहरमा राजधानी दिल्लीमा १ सय ७ जना चिकित्सकको मृत्यु भएको छ ।

    त्यस्तै दोस्रो स्थानमा रहेको बिहारमा कोरोनाको दोस्रो लहरमा ९६ जना चिकित्सकको मृत्यु भएको छ । त्यस्तै उत्तर प्रदेशमा ६७ जना चिकित्सकको मृत्यु भएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार ०९:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images