उद्योगी, ब्यापारी एवम् सर्वसाधारणमा स्वास्थ्य मापदण्ड अपनाउन व्यापार सघं कपिलवस्तुको आग्रह
  • केशव बेल्बासे

  •  कपिलवस्तु – बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागी नेपाल सरकारले अपनाएका स्वास्थ्य मापदण्डको पालना गर्न व्यापार सघं कपिलवस्तुले अनुरोध गरेको छ ।

    मंगलबार एक प्रेस विज्ञप्ती प्रकासित गर्दै यस्तो आग्रह गरेको हो । बिश्व स्वास्थ्य संगठनले समेत नेपाल उच्च संक्रमणको जोखिमयुक्त क्षेत्र रहेको भनेर आफ्ना जर्नलहरुमा बताएको र यस्तो संक्रमण अवस्थामा आफ्नो आफ्नो स्वास्थ्यप्रतिको सचेतनामा कपिलवस्तु जिल्लाभित्र छरिएर रहेका सम्पुर्ण उद्योगी, ब्यावसायी, ब्यापारी एवम् सर्वसाधारणले सावधानी अपनाउनु पर्ने कुराहरु जस्तैः धेरै मानिसहरु जम्मा नहुने,भिडभाडमा नजाने , सामाजिक दुरी कायम गर्ने ,नियमितरूपमा पटकपटक साबुनपानीले हात धुने ,मेला महोत्सव जात्रा पर्व बिवाह धार्मिक अनुष्ठान मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार कार्यक्रम संचालन गर्ने २५ जना भन्दा बढी सहभागी नहुने र हुनैपर्ने बाध्यात्मक अवस्था आएमा ३मिटरको सामाजिक दुरी कायम गर्न सबैलाई हार्दिक अनुरोध गर्दछौं विज्ञप्तीमा उल्लेख गरीएको छ।

    सार्वजनिक निकाय,पसल,ब्यावसाय,होटल तथा रेष्टुरेन्ट तथा अन्य सार्वजनिक स्थलहरुमा स्यानेटाईजर र मास्क लगायर मात्रै प्रवेश गर्ने गर्न लगाउने ,होटल तथ रेष्टुरेन्टहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि सेवा प्रवाह गर्न र गराउन अनुरोध गरिन्छ । छिमेकी राष्ट्रको सीमा क्षेत्रका बजारहरुमा किनमेल गर्न जाँदा कोभिड १९ को जोखिम अझै बढ्ने हुदा किनमेलका लागि सिमा क्षेत्रमा नजान सम्बन्धित सरोकारवाला सबैलाई बिशेष अनुरोध गर्दछौं ।कोभिड १९ को संक्रमणबाट बच्न आफ्नो सरसफाइमा बिशेष ध्यान दिन तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बेला बेलामा जारी हुने सुचनाहरु पुर्णरुपले पालना गर्न हार्दिक अनुरोध छ।

    आफू सुरक्षित रहे मात्रै अरुलाई सुरक्षित सकिन्छ भन्ने आशयका साथ स्वास्थ्यका मापदण्ड अपनाउनुहुन सम्पुर्ण उद्योगी ब्यावसायी व्यापारी एवम् आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं व्यापार सघं कपिलवस्तु अध्यक्ष महादेब पोख्रेल र व्यापार सघं कपिलवस्तु महासचिब गोपाल प्रसाद बन्जाडे द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरीएको छ।

  • १४ बैशाख २०७८, मंगलवार १०:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images