नेपाल हुँदै अवैधरूपमा भारत गएका चार अफ्रिकन खेलाडी पक्राउ
  • CIA Khabar

  •  नेपालबाट अवैधरूपमा भारत प्रवेश गर्न खोज्ने चार अफ्रिकन खेलाडीलाई एसएसबीले नियन्त्रणमा लिएको छ।

    मेचीनगर नगरपालिका–४ बाहुण्डागीस्थित मिलन चोकको नाकाबाट प्रवेश गरेका उनीहरुलाई एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार अपराह्न साढे ३ बजेतिर नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा लिन राउल, रिपब्लिक गिनी बिसाऊका २० वर्षीय क्यामरा फोफाना उसुमाने र रिपब्लिक बेनिनका २२ वर्षीय एडजोबो ओडजुमोनला आर्मल ओडिलो रहेका भारतीय एसएसबीले जनाएको छ।

    एसएसबीले उनीहरूको साथबाट एक थान पासपोर्ट, भारतीय रुपैयाँ ४८ हजार ३ सय ३०, नेपाली ५० रुपैयाँ, फुटबल जुत्ता र ब्याग बरामद गरेको छ।

    चारै जनालाई आवश्यक कारबाहीका लागि नक्सालवारी प्रहरीको  जिम्मा लगाइएको छ।

  • १४ बैशाख २०७८, मंगलवार ११:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images