भारतमा मेडिकल सामग्री पठाउँदै डब्ल्युएचओ
  • CIA Khabar

  • काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा मेडिकल सामग्री पठाउने भएको छ।

    कोरोना भाइरसको संक्रमणले अतिप्रभावित भएको भारतमा महत्वपुर्ण मेडिकल सामग्री पठाउन लागिएको डब्ल्युएचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले बताएका छन्।

    अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर आफूहरुले काम गरेको उनले बताएका छन्।

    कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैय्या पाउन मुस्किल हुँदा कयौँ संक्रमितको मृत्यु भइरहेको छ।

    मेडिकल सामग्रीको अभाव हुन थालेपछि अमेरिकासहित युरोपियन मुलुकहरूले पनि भारतमा मेडिकल सामग्री आपूर्तिको घोषणा गरेका छन्।

  • १४ बैशाख २०७८, मंगलवार ११:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images