घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    सोमबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुन आज ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज ५ रूपैयाँले बढेर १३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • १४ बैशाख २०७८, मंगलवार ११:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images