कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
  • CIA Khabar

  • नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बोलाएको बैठकमा १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम र क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर परिक्षणका लागि स्थगित भएको थियो।

    नेताहरुको मंगलबार गरिएको स्वाब परिक्षणमा सबै रिपोर्ट नेगेटिभ आएपछि बैठक बस्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सम्वन्धमा कांग्रेसले यसअघि नै निर्णय गरिसकेको छ। यद्यपी संख्या पुगेपछि मात्र अविश्वास प्रस्ताव ल्याउने तयारीमा काँग्रेस छ।

  • १५ बैशाख २०७८, बुधबार ०९:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images