एजेन्सी । भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो ।
पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् । आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने उनले बताए ।
हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ ।