‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना
  • CIA Khabar

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी धर्म पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । पिसावमा इन्फेक्सन देखिएपछि ललितपुर स्थित मेडिसिटि अस्पतालमा मंगलबार भर्ना भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सीता लामो समयदेखि ‘प्रोग्रसिभ सुप्रान्यूक्लियर पाल्सी’ रोगबाट पिडित छिन् ।
    तर, एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत समेत जानकारी दिएकी छन् । सामाजिक सञ्जालमा उनले लेखिकी छन्,‘आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ। चासो व्यक्त गरि स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सवैमा आभार तथा धन्यवाद ।
  • १५ बैशाख २०७८, बुधबार १६:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images