निषेधाज्ञामा सम्बन्धित सञ्चारगृहकै परिचयपत्र बोकेर हिँड्न पाइने
  • CIA Khabar

  • काठमाडौँ — बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ ।

    अत्यावश्यक सेवाका रुपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेमा आवागमनमा रोकटोक नगरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    उनले भने, ‘निषेधाज्ञाका बेला आवागमन गर्ने सञ्चारकर्मी र मिडियाका हाउसका कर्मचारीलाई सूचना विभागबाट जारी परिचयपत्रबाहेक पनि सम्बद्ध मिडिया हाउसले जारी गरेको परिचयपत्रका आधारमा आवागमन गर्न दिइनेछ, यसको जानकारी फिल्डमा खटिने सुरक्षाकर्मीलाई अवगत गराइएको छ ।’ उनले कामबिना अनावश्यक ओहोरदोहोर नगर्न पनि सुझाव दिए ।

    भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले मिडिया हाउसको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमन गर्न दिन निर्देशन दिएको बताए । उनले फिल्डमा केही समस्या आइपरे जिल्ला प्रशासन कार्यालय र नजिकैको प्रहरी कार्यालयमा समन्वय गर्नसमेत सञ्चारकर्मीलाई अनुरोध गरे ।

    सोमबार उपत्यकाका तीनवटै प्रशासनले निषेधाज्ञामा सूचना विभागबाट जारी प्रेस पासवाहकलाई आवागमन गर्न दिने उल्लेख गरिएको थियो ।

  • १५ बैशाख २०७८, बुधबार १६:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images